Prakash Adhikari August 24, 2022

काठमाडौं, ८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्न र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उहाँको सचिवालयले जनाएको छ ।

नागरिकता संशोधन विधेयक र बेपत्ता नागरिक र सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई बालुवाटार बोलाउनुभएको बताइन्छ ।

आफैले सिफारिस गरेको अध्यादेशसंग हुबहु मिल्ने प्रावधान भएका नागरिकता ऐन संशोधन विधेयककमा सम्बन्धमा नेकपा एमालेले अहिले फरक विचार राखेको छ ।

उक्त विधेयकमा एमालेको फरक विचार आएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणको लागि गएको विधेयक सुझाव सहित संसदसचिवालयमा फिर्ता गरिदिनुभएको थियो ।

प्रतिनिधिसभाले सो विधेयक पुन जस्ताको तस्तै पारित गरेको छ । अब राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ ।

यस्तै वेपत्ता नागरिक र सत्य निरुपण तथा मेलमिलाप आयोगको ंसंशोधन विधेयकमा सम्बन्धमा पनि एमालले गठबन्धन भन्दा पृथक धारणा राखेको छ ।

प्रधानमन्त्री देउवाले यी विषयमा नै ओलीसंग सहमति कायम गर्न कोशिस गर्ने बताइएको छ ।

 

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनायो ।

Share Now

Leave a comment.