Prakash Adhikari August 29, 2022

 

काठमाडौं, १२ भाद्र । यही भाद्र २० देखि २९ गतेसम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।
नेपाललको यसै वर्ष एएफसी यू–१७ एसिया कप छनोट समेत खेल्दैछ ।

च्याम्पिनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा भारत र भुटानसँग छन् । समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोलीः

गोलरक्षकः कृष्ण मोक्तान, समिर चन्द र रुविन बोगटी

रक्षकः आश्विन घोरासाइने, सेमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रनित कार्की र धिरज विश्वकर्मा

मिफिल्डरः प्रशान्त लक्षम, मिरक लिङदेन, सरोज दलार्म, हरिशराज भट्ट र लक्षु थापा

स्ट्राइकरः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम ।

Share Now

Leave a comment.