Prakash Adhikari August 29, 2022

 

काठमाडौँ, १३ भाद्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका केही पदाधिकारीहरुसहित राष्ट्रपति निवास पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुुसार प्रधानमन्त्री देउवा उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुड., महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरुका साथ राष्ट्रपति विद्यादेवी भण्डारी निवास पुग्नुभएको छ ।

“राष्ट्रपतिले छलफलका लागि भन्दै बोलाएपछि उहाँहरू जानु भएको हो”, प्रमुख स्वकीय सचिव देउवाले भन्नुभएको छ, “छलफलको विषय खुलाइएको छैन ।”

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका स्वकीय सचिव शैलेस सिटौलाले महामन्त्री थापासहित अन्य पदाधिकारी शीतल निवास पुग्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपति निवास जाने भन्ने कुरा भएपछि महामन्त्री र पदाधिकारीहरु यहाँ आउनुभएको छ ।,” विषय वस्तुबारे जानकारी नभएको उहाँको भनाइ छ ।

पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।

Share Now

Leave a comment.