Prakash Adhikari August 29, 2022

नैरोबी(केन्या),१३ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आतिथेय राष्ट्र केन्यासंग टी २० श्रृखलाको चौथो खेल खेल्दै छ ।

खेल केन्याको राजधानी नैरोबीस्थित जिमखानामा दिउँसो नेपाली समय अनुसार ३ः४५ मा सुरु हुनेछ ।

तेस्रो खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेकोले नेपाली टिमको आत्मविश्वास बढेको छ ।

हिजो खेलमा म्यान अफ द म्याच भएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लयमा फकिएका छन् । अन्य ब्याट्सम्यानले पनि हिजो राम्रो खेले । यद्यपि बलिड. राम्रो मानिएको नेपाली टिमको आइतबारको खेलमा बलिड. जमेको थिएन ।

केन्यालाई रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिएका थिए ।हिजोको खेलमा बेञ्चमा परेका बसिर अहमत,किशोरी महतो,विवेक यादव,देव खनाल ,आशिफ शेख र मोहम्मद आदिल आलममध्ये केहीले आजको खेलमा स्थान पाउने बताइएको छ ।

पाच वटा टी २० अन्तर्राष्ट्रिय र तीन वटा वान डे इन्टरनेशनल खेल्ने योजना सहित नपाली टिम केन्या भ्रमणमा निस्केको हो ।

सम्पन्न तीन टी २० खेलमा नेपालले दुई खेल जितेको छ भने केन्याले एक ।

Share Now

Leave a comment.