Prakash Adhikari March 20, 2018

काठमाडौं, ६ चैत्र । दरबारमार्गको ल्यान्डमार्क होटलमा माघ ७ गते राति भएको सामूहिक बलात्कारको घटनाका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले कार्कीलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

सामूहिक बलात्कार प्रकरणका अन्य तीन आरोपी दीपक श्रेष्ठ, विकास गौतम र रवी पौडेल भने हालसम्म फरार छन् ।

बलात्कार प्रकरण बाहिरिने डरले दरबारमार्ग वृत्तका ईन्स्पेक्टर लक्ष्मण ठकुरी र एक सईको मिलेमतोमा ३० लाख रुपैयाँमा घटना सामसुम पार्ने प्रयत्न गरिएको थियो ।

अभियुक्तहरुले बलत्कारको सिकार भएकी युवतीको आमालाई २७ लाख रुपैयाँ हातैमा थमाएका थिए भने तीन लाख रुपैयाँ घटना सामसुम पार्न विचौलियाले लिएका थिए ।

Share Now

Leave a comment.