Prakash Adhikari September 21, 2022

काठमाडौं, ५ असोज । लगातार घट्दै आएको नेपालको शेयरबजारमा आज भने सुधार आएको छ ।

शेयर बजार १८००को लाइनबाट पनि ओरालो लाग्छ कि भन्ने भय उत्पन्न भएको बेला आज दोहोरो अंक(११.२२)को सुधार भएर नेपाल धितोपत्र बजार परिसूचक १८४८.८२ विन्दुमा आएको छ ।

मंगलबार धितोपत्र बजार परिसूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको थियो ।

आज शेयर बजारमा २ सय २६ कम्पनीको धितोपत्रको ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो दिन ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १.३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् ।

आज सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा समिट माइक्रो फाइनान्स, मैलुड.खोला जलविद्युत, राष्ट्रिय बाणिज्य बैक म्युचुअल फण्ड, गणपति माइक्रो फाइनान्स, लिवर्टी इनर्जी, सप्तकोशी विकास बैंक, हिमालय एभरेष्ट इन्स्योरेन्स, अपर सोलु हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड ३ रहेका छन् ।

 

Symbol LTP % Change Qty
SPC 482.90 10 16,304
SMFDB 793.00 5.73 757
MKJC 449.90 3.9 2,553
RMF1 7.58 3.84 1,600
GMFBS 871.00 3.83 463
LEC 224.20 3.8 8,060
SAPDBL 214.50 3.62 2,725
HEIP 269.00 3.58 1,471
USHEC 289.00 3.51 7,601
NBF3 7.81 3.44 13,940

शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको दिन पनि विन नेपाल लघुवित्त, नबिल ब्यालेन्स फण्ड राप्ती हाइड्रो एण्ड जनरल कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान माइक्रो फाइनान्स, विन्दवासिनी हाइड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, लक्ष्मी उन्नति कोष, आरएसडीसीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

 

Symbol LTP % Change Qty
WNLB 885.00 -3.63 190
NBF2 9.10 -3.4 298,200
RHGCL 232.40 -3.13 5,731
SMB 1,187.00 -2.55 159
GLBSL 870.30 -2.21 146
SMFBS 1,505.00 -2.15 93
BHDC 380.00 -2.06 2,750
SLCF 7.50 -1.96 3,600
LUK 7.70 -1.91 13,318
RSDC 485.00 -1.82 4,595

यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा नबिल बैंक, रिडी पावर,हिमालयन डिष्टिलरी, अपि पावर, गोर्खा फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, लुम्बिनी विकास बैंक, शिभम् सिमेण्ट, एनआईसी एशिया र अरुणभ्याली हाइड्रोपावर रहेका छन् ।

Symbol Turnover LTP
NABIL 33,815,448.50 762.10
RIDI 24,148,743.30 509.10
HDL 23,992,497.00 3,269.00
API 18,647,105.90 212.60
GUFL 17,630,377.50 500.00
NHPC 16,725,336.50 201.50
LBBL 15,142,450.80 354.00
SHIVM 14,509,014.20 607.00
NICA 14,328,316.20 610.00
AHPC 13,550,159.90 294.90
Share Now

Leave a comment.