काठमाडौं, ६ असोज । नेपालको शेयर बजारले उकालो यात्रा दिगो राख्न सकेको छैन । हिजो जम्मा ११ अंकले बढेको धितोपत्र बजार परिसूचक, बिहिबार ९.८६ अंकले घटेर १८३८.९६ बिन्दुमा थामिएको छ ।
यस दिन २ सय २९ कम्पनीको २५ लाख ४२ हजारभन्दा बढी कित्ता सेयरको खरिदबिक्रीबाट ६२ करोड ५२ लाख ७८ हजार ४ सय ७६ रुपैया ६० पैसाको कारोबार भएको छ ।
शेयर बजार घटेको यस दिन पनि सामलिड. पावर,लक्ष्मी इक्विटी म्युुचुअल फण्ड, लक्ष्मी उन्नति कोष,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २, अपर हेवा, एनसीसी बै.क, नेशनल हाइड्रो डेभलपर कम्पनी, वरुण हाइड्रो, सीईबीडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, हिमालयन पावर पार्टनरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
यस दिन प्रमु बैंक डिबेञ्चर, गरिमा डिबेञ्चर, सेञ्चुरी बैंक डिबेञ्चर,हिमालयन एभरेष्ट इन्स्योरेन्स, बिन्दबासिनी हाइड्रो पावर, श्वेतगंगा हाइड्रोपावर, तेह्रथुम पावर, आरएसडीसी लघुवित्त, बोटलर्स नेपाल तराई र प्रभु बैंकको संस्थापक शेयरको मूल्य अघिल्लो कारोबार दिनको भन्दा बढी घट्न गएका छन् ।
कारोबारका हिसाबले बिहिबार नबिल बैंक, बोटलर्स नेपाल तराई,अपि पावर,रिडि हाइड्रोपावर, अरुण काबेली,हिमालयन डिष्टिलरी, नेष्डो लघुवित्त, नेपाल दूरसञ्चार,अरुण भ्याली हाइड्रो पावर र एनसीसी बैंक शीर्षस्थानमा रहेका छन् ।
बुधबार धितोपत्र बजार परिसूचक ११. २२ अंकले बढेर १८४८.८२ बिन्दुमा रोकिएको थियो भने ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको कारोबार भएको थियो ।


















