Prakash Adhikari November 1, 2026
काठमाडौँ, १५ कात्तिकः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण  भएको छ ।
गत शुक्रबार  छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३००  र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो ।
Share Now