आम्सटरडम(नेदरल्याण्ड्स), ८ चैत्र । नेदरल्यान्ड्सको राजधानी आमस्टरडममा नेपाल दिवस सम्पन्न भएको छ ।
नेपालको महत्वपूर्ण प्राकृतिक र मानव निर्मित सम्पदा र नेपाली संस्कृतिका बारेमा जानकारी दिने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल विकास प्रतिष्ठानको संयुक्त आयोजनामा मार्च १८ मा नेपाल दिवस मनाइएको थियो ।
कार्यक्रममो उद्घाटन प्रमुत अतिथि तथा बेल्जियम, नेदरल्याण्ड्स र लम्जेम्बर्गका लागि नेपाल सरकारका राजदूत लोकबहादुर थापा र नेपाल विकास प्रतिष्ठानका अध्यक्ष साथै पर्यटन दूत शशी पौडेलले पानसमा संयुक्त रुपमा बत्ति बालेर गरेका थिए ।
कार्यक्रममा नेपालको नेपालको प्राकृतिक स्रोत, जनजीवन, संस्कृति, नेपालको विकासका लागि भएका प्रयासका बारेमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बिना अक्सिजन सफल सगरमाथा आरोहण गरेका विल्को भान माउरिकले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वाईल्ड गिज नामक संथा मार्फत नेपालमा भएका कामहरु र आगामी दिनमा गर्न सक्ने सम्भावित कामहरुका बारेमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा नेपालमा संचालित आमा घर पाठशाला सम्बन्धमा बाल सेवा फाउन्डेसनका अध्यक्ष रोवर्ट भान माउरिकले प्रस्तुतीकरण गरेका थिए ।
त्यसै गरि नेपालको पर्यटन प्रवर्धन सम्बन्धमा ट्राभल्स नेपाल कम्पनीका डच नागरिक हेल्भिख रिज वोस र चेन्ज गेम एकाडमी लगायत एक दर्जन नेदरल्यान्ड्सका परोपकारी डच संथाहरुले आ(आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुरप्रसाद शर्माले नेपालीहरुको अवस्थाको बारेमा जानकारी गराउदै आफ्नो मन्तब्य राखेका थिए ।
नेपालको भाषा,कला,संस्कृति र विभिन्न जातिको पहिचानको संरक्षण र संबर्धन गर्ने उद्देश्यलेनेदरल्यान्ड्स स्थापना गरिएको इनासका कलाकारहरुले नेपाल दिवसमा विभिन्न भेषभूषामा सजिएर आगन्तुकहरुलाई नेपालको विशिष्ट पहिचान देखाएका थिए ।
कार्यक्रममा नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपालले शान्ति, विकास र समृद्धिका पक्षमा गर्न लागेको कामका सम्बन्धमा नेपाल विकास प्रतिष्ठानका अध्यक्ष तथा पर्यटन दूत शशी पौडेलले सहभागी हरुलाई जानकारी गराएका थिए ।
कार्यक्रमस्थल संगैडच नागरिकहरुबाटै नेपालको भौगोलिक र सामाजिक अवस्था झल्किने सामग्रीहरुको स्टल राखिएको थियो ।
गैर आवासीय नेपाली संघ राष्ट्यि समन्वय परिषद् नेदरल्यान्ड्सको आयोजनामा आम्सटरडमबाट नेपाली झण्डा सहित विभिन्न संघसंथाको व्यानरमा निस्केको जुलुस आधा घण्टाको पैदलयात्रा गर्दै कार्यक्रमस्थल पुग्दा बेग्लै रौनक छाएको थियो ।