काठमाडौं,८ चैत्र । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामका लागि जान इच्छुक नेपालीहरुका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुलेको छ।
ईपीएसअन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियाली भाषा परीक्षाको आवेदन फाराम बिहीबारबाट संकलन गर्न लागिएको ललितपुरस्थित ईपीएस कोरिया शाखाले जनाएको छ।
भाषा परीक्षामा सहभागी हुने चाहनेले आउँदो १७ गतेसम्म अनलाइनबाटै आवेदन फारम भर्न सक्नेछन्।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक भाषा परीक्षामा सहभागी हुन सक्नेछन।
भाषा परीक्षाको लागि एपीएस नेपालको आधिकारिक वेबसाइट खोली त्यहाँ मागिएका विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाइएको छ।
भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुनेछ।


















