काठमाडौँ, २५ असोज । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई तत्काल मनोनयन फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा नेपालका शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको हो।
ुगठबन्धन दलका उम्मेदवराविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आ(आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छु, शीर्ष नेताले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ, ुतदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ।ु
गठबन्धनले निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने पनि उल्लेख गरेका छन्।



















