Prakash Adhikari October 11, 2022

सानेपा(ललितपुर), २५ असोज । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार दिउँसो १ बजेसम्म गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको मनोनयन फिर्ता लिन निर्देशन दिएको छ।

कांग्रेसले मंगलबार बेलुकी प्रेस विज्ञप्ति निकालेर आधिकारिक उम्मेदवारविरुद्ध ‘बागी’ दिएका नेताहरुलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बुधबार बिहान १० बजेबाट दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्न भनिएको छ।

कांग्रेसले तोकिएको समयावधिभित्र उम्मेदवारी फिर्ता नलिए ‘बागी’ उम्मेदवारसँगै प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुनेसमेत चेतावनी दिएको छ।

यसअघि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि ‘बागी’ उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो

Share Now

Leave a comment.