Prakash Adhikari October 16, 2022

काठमाडौं, २९ असोज । शुक्रबार उद्घाटन भएको नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार अधिकांश खेलका प्रतियोगिता सुरु भएका छन् ।

गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालित प्रतियोगिताका अधिकांश खेलहरु कास्की जिल्लामा आयोजना भएका छन् ।

उद्घाटनअघि नै सुरु भएका र शनिबारदेखि सुरु भएका केहि खेलका केहि स्वर्ण पदकको छिनोफानो भएको छ ।

 


शनिबारदेखि पोखराको फिस्टेल एकेडेमीमा सुरु भएको पौडी प्रतियोगिताको पहिलो दिन ८ स्वर्णको छिनोफानो भयो ।

 

त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, ३ रजत र १ कांस्यसहित शीर्ष स्थानमा रहँदा ३ स्वर्ण र १ रजतसहित एनआरएनए टिम दोस्रो स्थानमा छ । २ स्वर्ण, २ रजत र १ कांस्य जितेको एपीएफ तेस्रो स्थानमा छ ।

 

एनआरएनए टिमका लागि खेलेकी एस्ली सापकोटा डंगोलले पहिलो दिन नै तीन स्वर्ण जितिन् । डुवाना लामाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान एकैदिन दुईपल्ट सुधार गरिन् ।

पौडीकी कीर्तिमानी खेलाडी गौरीका सिंह स्वास्थ्य समस्याका कारण पहिलो दिनको दुई फाइनल स्पर्धामा सहभागी हुन सकिनन् । पेट दुख्ने र बान्ता हुने समस्याको उपचार भइरहेको उनकी आमा गरिमा राणाले बताएकी छन् ।

सायद ३ जना मानिसहरू तथा पोखरी को तस्बिर हुनसक्छ

पोखरा रंगशालामा शनिबारदेखि नै सुरु भएको एथलेटिक्स प्रतियोगितामा पहिलो दिन ७ स्वर्णको छिनोफानो भयो । महिला १ सय मिटरमा एकै दिन दुई राष्ट्रिय कीर्तिमान बने । हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीको कीर्तिमानलाई फाइनलमा आर्मीकी सरस्वती चौधरीले तोडिन् ।

पहिलो दिन आर्मीले ३ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ९ पदक जित्यो । एपीएफले २ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । नेपाल पुलिसले १ स्वर्ण, १ रजत र २ कांस् यजित्यो । वागमतीले १ स्वर्ण, र १ कांस्य जित्दा लुम्बिनी प्रदेशले २ रजत जित्यो ।

 

१० हजार मिटर महिलातर्फ बागमतीकी सन्तोषीले स्वर्ण जितिन् ।

सायद 1 व्यक्ति तथा खेल खेल्दै को तस्बिर हुनसक्छ

 

१५०० मिटर महिलातर्फ एपीएफकी फूलमती राना र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते ।

सायद ६ जना मानिसहरू तथा खेलहरू खेलिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

 

१०० मिटर पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलामा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जिते ।

सायद 1 व्यक्ति तथा पाठ को तस्बिर हुनसक्छ

शटपुटमा आर्मीका तिलक विक र महिलातर्फ पुलिसकी चन्द्रकला लामगाडेले स्वर्ण जिते ।

सायद ४ जना मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छसायद ४ जना मानिसहरू, खेलहरू खेलिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर को तस्बिर हुनसक्छ

 

असोज २४ गतेदेखि सुरु भएको ह्याण्डबलको शनिबार महिला र पुरुष दुवैको फाइनल खेल सम्पन्न भए । पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण जित्यो । यो गण्डकीका लागि पहिलो स्वर्णसमेत हो । महिलातर्फ एपीएफलाई १७–१६ को झिनो स्कोरमा पराजित गरी आर्मीले स्वर्ण जित्यो ।

 

सायद १३ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

पोखराकै हिमालयन कोर्र्स आयोजित गल्फमा शनिबार १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले पुरुष एकलमा स्वर्ण जिते । महिला एकल र पुरुष तथा महिलाको टिम इभेन्टमा बागमती प्रदेशले स्वर्ण जितेको हो ।

सायद ४ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

पोखराकै ड्यामसाइड नजिकै रानीवनमा भएको साइक्लिङमा त्रिभुवन आर्मी क्लवका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जिते । पर्वतको कुस्मामा शनिबारदेखि सुरु कराँते प्रतियोगितामा तीन स्वर्णको छिनोफानो भएको छ ।

सायद ३ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

 

Share Now

Leave a comment.