Prakash Adhikari October 20, 2022

पोखरा(कास्की), ३ कार्तिक। गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ ।

समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।

नवौं राष्ट्रिय खेलकुदको असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ ।

सायद 'खेलकुद- -2૦૭૫ पोखरा, गण्डकी प्रदेश TEAM MEDAL TABLE NEPAL ARMY TOTAL 150 NEPAL POLICE CLUB 94 70 52 314 NEPAL A.P.F CLUB 47 59 42 158 GANDAKI PRADESH 57 77 29 176 BAGMATI PRADESH 28 49 NRNA 106 22 42 59 10 123 PRADESH NO. 8 6 9 24 22 SUDURPASCHIM PRADESH 44 8 75 MADESH PRADESH 6 33 5 47 11 LUMBINI PRADESH 8 21 4 34 KARNALI PRADESH 18 37 59 2 3 11 16' भन्ने पाठ को तस्बिर हुनसक्छ
गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लवले ३ सय १४ पदक जितेर शीर्ष स्थानमा छ । प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो । उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ ।

यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित १ सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित १ सय ७६ पदक जितेको छ । प्रदेश टोलीमा आयोजक गण्डकी प्रदेश पदकमा अग्रस्थानमा छ । गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ ।

यसैगरी बागमती प्रदेशले २२ स्वर्ण,४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र छ कास्यसहित २४ पदक, प्रदेश नं १ ले ९ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण ६ रजत र ३३ कास्यसहित ४७ पदक र मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २१ कास्यसहित ५९ पदक जितेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशले ४ स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश २ स्वर्ण, ३ रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ ।(गोरखापत्रबाट)

Share Now

Leave a comment.