Prakash Adhikari November 10, 2022

 

विराटनगर(मोरङ), २४ कार्तिक । कांग्रेसले मोरङ ३(१) मा पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उनी मनोनयन दर्ता गराउन जार्ने तयारीमा जुटेको बताउनुभयो ।

 

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको छ ।

 

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको छ ।

लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको रायमाझीले बताउनुभयो ।

Share Now

Leave a comment.