Prakash Adhikari November 10, 2022

कलैया(बारा), २४ कात्तिक । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्नुभएको छ ।

नेपाली कांग्रेस बाराद्धारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

४ मंसिरको चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता बिधेक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने उहाँको भनाई थियो।

नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिलयै पनि हल नहुने उल्लेख गर्नुभयो।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्ब राज्यमन्त्री कलावती पासवान, पूर्ब सांसद डा.शोभाकर पराजुली लगायतले पार्टीभित्रका सानातिना बिबादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आह्वान गरेका थिए।

Share Now

Leave a comment.