भारतपुर(चितवन), २६ कार्तिक । नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालालाई गरिएको कारबाही फिर्ता गर्ने माग गर्दै भरतपुरमा कांग्रेसका युवाहरूले प्रदर्शन गरेका छन् ।
भरतपुर गेस्ट हाउस चौरमा हुने सभालाई प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभा सुरू हुनै लाग्दा युवाहरूले विकास कोइरलामाथिको कारबाही फिर्ता माग गर्ने माग लिएर ब्यानरसहित प्रदर्शन गरेका हुन । कोइरालामाथिको कारबाही फुकुवा गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउने वातावरण सिर्जना गर्न उनीहरूको माग छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन ४ बाट स्वतन्त्र उम्मेदवार दिनुभएका विकास कोइरालालाई पार्टीभित्रकै दाउपेचमा अहिले जस्तो उम्मेदवारी निष्क्रिय पार्ने मौका सम्म नदिईकन कारबाही गरिएको थियो ।


















