Prakash Adhikari November 16, 2022

 

कीर्तिपुर(काठमाडौं), ३० कार्तिक । दोश्रो खेलमा भ्रमण टोलि युएईलाई पराजित गर्दै नेपालले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज १ १ को बराबरी गरेको छ। सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर अर्जुन साउद खाता नखोली तथा आसिफ शेख ६ रन बनाएर हजरत बिलालबाट आउट भए। तेश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग ३१ रनको साझेदारी गरेपछि८ रन बनाएका कप्तान रोहित रोहन मुस्तफाबाट एलबिडब्लु भए। ५९ बलमा ४ चौका मद्दतले २६ रन बनाएका ज्ञानेन्द्र मल्ल अठारौं ओभरमा रन आउट भए।

Nepal  (T: 192 runs from 50 ovs)
BATTING R B 4s 6s SR
Arjun Saud † c Sabir Ali b Hazrat Bilal 0 4 0 0 0.00
Aasif Sheikh  c Basil Hameed b Hazrat Bilal 6 8 1 0 75.00
Gyanendra Malla  run out (Rohan Mustafa) 26 59 4 0 44.06
Rohit Paudel (c) lbw b Rohan Mustafa 8 23 1 0 34.78
Kushal Bhurtel  b Rohan Mustafa 35 52 6 0 67.30
Dipendra Singh Airee  b Basil Hameed 13 20 0 1 65.00
Aarif Sheikh  not out 33 58 3 0 56.89
Gulsan Jha  c Sharafu b Rohan Mustafa 37 49 4 1 75.51
Sompal Kami  not out 16 16 2 0 100.00
Extras (b 4, lb 3, nb 2, w 5, pen 5) 19
TOTAL 47.5 Ov (RR: 4.03) 193/7

पाँचौ विकेटको लागि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले ३५ रनको साझेदारी गरे। पच्चीसौं ओभरमा ऐरीलाई बसिल हमिदले बोल्ड गरे। तीसौं ओभरमा कुशल भुर्तेललाई मुस्तफाले बोल्ड गरे। नेपालले १०६ रन बनाउदा ६ विकेट गुमायो।

दबाबमा सातौँ नम्बरमा ब्याटिंग गर्न आएका आरिफ शेखले आठौँ नम्बरका गुल्सन झासंग इनिंग्स अघि बढाए। अर्धशतकीय साझेदारी गरेपछि गुल्सन पैतालीसौं ओभरमा मुस्तफाबाट क्याच आउट भए। ४९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाएका गुल्सनले आरिफसंग ६२ रनको साझेदारी गरे। त्यसपछि आरिफले सोमपाल कामिसंग अविजित रहँदै जितसम्म पुर्याए।

अघिल्लो खेलमा टिम बाहिर रहेका आरिफले ५८ बलमा ३ चौका मद्दतले अविजित ३३ रन बनाए। सोमपालले १६ बलमा २ चौका मद्दतले १६ रन बनाए। स्कोरकार्ड

युएईको बलिंगमा अफ स्पिनर रोहन मुस्तफाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा २४ रन खर्चिए। हजरत बिलालले २ तथा बसिल हमिदले १ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको युएईले ४३।२ ओभरमा सबै विकेट गुमाएर १९१ रन मात्र बनायो।

United Arab Emirates  (50 ovs maximum)
BATTING R B 4s 6s SR
Muhammad Waseem  c Aarif Sheikh b Rajbanshi 50 46 3 4 108.69
Vriitya Aravind † c Sompal Kami b Airee 25 39 4 0 64.10
Chundangapoyil Rizwan (c) c Paudel b Bhurtel 22 34 2 0 64.70
Rohan Mustafa  b Sompal Kami 4 9 0 0 44.44
Alishan Sharafu  c Airee b Gulsan Jha 35 43 3 0 81.39
Vishnu Sukumaran  c Aasif Sheikh b Karan KC 15 39 1 0 38.46
Basil Hameed  b Sompal Kami 24 26 1 2 92.30
Aayan Afzal Khan  c Paudel b Rajbanshi 2 8 0 0 25.00
Zahoor Khan  lbw b Rajbanshi 0 8 0 0 0.00
Sabir Ali  b Sompal Kami 7 6 1 0 116.66
Hazrat Bilal  not out 1 2 0 0 50.00
Extras (lb 1, w 5) 6
TOTAL 43.2 Ov (RR: 4.40) 191

युएईको लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ५० रन बनाए। अलिशान शरफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमिदले २४ तथा कप्तान सिपि रिजवानले २२ रन बनाए।

युएई ओपनर मुहम्मद वासिम र भृत्या अरविन्दले ७२ रनको ओपनिंग साझेदारी गरे। बाह्रौं ओभारमा दिपेन्द्र ऐरीले अरविन्दलाई क्याच आउट पार्दै नेपाललाई खेलमा फर्काए। त्यसपछि युएईले लगातार विकेट गुमायो। पन्ध्रौँ ओभरमा अर्धशतक पुरा गरेलगत्तै वासिम ललित राजबंशीबाट क्याच आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका रोहन मुस्तफा ४ रन बनाएर उन्नाईसौं ओभरमा सोमपाल कामिबाट बोल्ड भए। युएईलाई अझ दबाब बनाउन लेग स्पिनर कुशल भुर्तेलले युएई कप्तान सिपि रिजवानलाई रोहित पौडेलबाट क्याच आउट पारे। कुशलको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट थियो।

७२र० बाट ११२र४ को अवस्थामा पुगेको युएईलाई अलिशान शरफु र डेब्यु गरेका विष्णु सुकुमरनले अघि बढाए। दुवैले पाँचौ विकेटको लागि ४३ रन जोडे। चौतिसौं ओभरमा सुकुमरनलाई करन केसीले विकेटपछाडी क्याच आउट पारे। त्यसपछि भने नेपालले लगातार विकेट लिंदै युएईलाई दवावमा राख्यो। फलस्वरुप ४३।२ ओभरमा युएई अलआउट भयो।

नेपालको बलिंगमा सोमपाल कामि र ललित राजवंशीले ३र३ विकेट लिए। करन केसी, गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले १र१ विकेट लिए।

सिरिजको निर्णायक खेल नोभेम्बर १८ तारिखमा हुनेछ ।

Share Now

Leave a comment.