Prakash Adhikari November 16, 2022

 

काठमाडौं, ३० कार्तिक । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं। ४ (२) मा लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड ९च० बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उहाँको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो ।

Share Now

Leave a comment.