Prakash Adhikari November 16, 2022

 

काठमाडौं, ३० कात्तिक । बुधबार नेपालको शेयर बजार उकालो लागेको छ । कारोबार समयदेखि उकालो लाग्न थालेको धितोपत्र बजार परिसूचक अन्तिम समयसम्ममा दोहोरो अंकले बढेर बन्द भएको हो ।

धितोपत्र बाजर परिसूचक हिजो मंगलबार ६ अंकले घटेको थियो भने आज १३ अंकले बढेको छ ।

आज १३ अंकले बढेर नेप्से परिसूचक १९ सय ११ अंकमा पुगेको छ । आज कारोबार भने ८५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । हिजो मंगलबार परिसूचक ६ अंकले घट्दा १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य बढेर ३५३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा आजै ३२ रुपैयाँ प्रतिकित्ताको वृद्धि देखिएको छ ।

यसपछि गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर ८०७ रुपैयाँ पुगेको छ ।

यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यस कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले घटेर १६ सय रुपैयाँमा आइपुगेको छ । यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समेत ३.६८ प्रतिशतले घटेको छ ।

नेप्से १३ अंकले बढेको दिन राँधी पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै, नाग्दी ग्रुप पावरको सेयर सबैभन्दा धेरै पटक कारोबार भएको छ । यस कम्पनीको १ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको हो ।

Share Now

Leave a comment.