Prakash Adhikari November 17, 2022

 

बुटबल(रुपन्देही), ३० कात्तिक । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ द्धारा बुधबार आयोजित प्रदेश क र ख का दुई छुट्छुट्टै चुनावी सभामा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले नागरिकता नागरिकता बिधेयक फिर्ता गरेको भन्दै नयाँ सरकारको पहिलो काम नागरिकताबाट बंचित नागरिकलाई नागरिकता दिलाउने भएको उल्लेख गर्नुभयो।

नेपाली पुरुषसँग बिबाहित बिदेशी महिलालाई सात बर्षसम्म नागरिकता दिन नहुने भन्ने एमालेलाई महिला अधिकारको कुरा गर्न नसुहाउने उहाँको भनाई थियो। निधिको प्रश्न थियो, यहि हो महिला पुरुषबीचको समानता श्र

सालझण्डीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस क्षेत्रको सुकुम्बासी समस्या समाधानका लागि रुपन्देही क्षेत्र नं ५ का उम्मेदवार भरत शाहको पहलमा लालपूर्जा बितरणको तयारी भइरहेका बेला एमाले नेतृत्वको अघिल्लो सरकारले त्यो काम अघि बढ्न नदिएको उल्लेख गर्नुभयो। उनले चुनाब लगत्तै सुकुम्बासी समस्या समाधान हुने भन्दै त्यसका लागि आफ्नो तर्फबाट पनि पहल गर्ने बिश्वास दिलाउनुभयो।

कार्यक्रममा कांग्रेस उम्मेदवार भरत शाहले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा बितरण गरेरै छाड्ने प्रतिबद्धता जनाए। उनले यो क्षेत्रको विकासका लागि आफूले गरेका काम सबैका सामु रहेको उल्लेख गर्दै फेसबुकमा लेखेर विकास नहुने बताए।

उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आगामी दिनमा आफूले बिशेष ध्यान दिने शाहको भनाई थियो।

प्रदेश सभा क का उम्मेदवार बिनोद पहाडीले रुपन्देहीमा सुकुम्बासी समस्याको हल गर्छु भन्ने एमालेका अध्यक्ष केपी ओली र अर्का नेता बिष्णु पौडेलले रुपन्देहीबाट सुकुम्बासीलाई लखेटेको स्मरण गराउनुभयो।

उहाँले नयाँ सरकारले सुकुम्बासीलाई लालजूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। साँस्कृतिक पार्क निर्माण गरेर यो क्षेत्रको विकासमा आफूले बिशेष ध्यान दिने भन्दै उनले गाउँका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर घुम्ती स्वास्थ्य शिबिर संचालन गरिने पनि बताउनुभयो।

कार्यक्रममा पूर्बमन्त्री मोहम्मद अकिम मुसलमानले एमाले नेतृत्वको प्रतिगमनकारी गठबन्धनलाई परास्त गरी कांग्रेस नेतृत्वको न्यायको पक्षमा काम गर्ने गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभयो।

कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य हकिबुल्ला खाँ, कांग्रेस जिल्ला उपसभापति अनिता शाह, कांग्रेस नेता बिष्णु पोखरेल, एकीकृत समाजवादीका नेता अर्जुन ढकाल, जनमोर्चाका नेता लिलाराम खनाल लगायतले गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन आ आफ्नो तर्फबाट लागि पर्ने प्रतिबद्धता जनाउनुभयो।

भैसयामा आयोजित प्रदेश ५ ख को चुनावी सभामा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार फकरुद्धिन खाँन ले संविधानको रक्षा र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो।

Share Now

Leave a comment.