Prakash Adhikari November 18, 2022

कीर्तिपुर(काठमाडौं), २ मंसिर। संयुक्त अरब इमिरेट्स(युएई)सँगको मैत्रीपूर्ण एक दिवसीय अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट खेल श्रृखला अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रनको योगफल खडा गरेको हो ।
खेलमा युएईका आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए ।

United Arab Emirates  (50 ovs maximum)
BATTING R B 4s 6s SR
Muhammad Waseem  c †Aasif Sheikh b Gulsan Jha 11 8 1 1 137.50
Vriitya Aravind † b Sompal Kami 0 5 0 0 0.00
Chundangapoyil Rizwan (c) c †Aasif Sheikh b Gulsan Jha 4 5 1 0 80.00
Rohan Mustafa  c Bhurtel b Airee 24 56 2 0 42.85
Alishan Sharafu  b Bhurtel 33 69 4 0 47.82
Basil Hameed  c †Aasif Sheikh b Rajbanshi 8 23 1 0 34.78
Vishnu Sukumaran  c Aarif Sheikh b Airee 2 8 0 0 25.00
Aayan Afzal Khan  not out 54 63 7 1 85.71
Ahmed Raza  c Shah b Bhurtel 0 7 0 0 0.00
Zahoor Khan  run out (Sompal Kami/Rajbanshi) 0 2 0 0 0.00
Hazrat Bilal  not out 20 54 0 1 37.03
Extras (b 1, lb 2, w 17) 20
TOTAL 50 Ov (RR: 3.52) 176/9
Fall of wickets: 1-11 (Muhammad Waseem, 1.2 ov), 2-16 (Vriitya Aravind, 2.5 ov), 3-16 (Chundangapoyil Rizwan, 3.1 ov), 4-79 (Rohan Mustafa, 23.2 ov), 5-85 (Alishan Sharafu, 25.4 ov), 6-92 (Vishnu Sukumaran, 28.5 ov), 7-92 (Basil Hameed, 29.1 ov), 8-93 (Ahmed Raza, 30.4 ov), 9-93 (Zahoor Khan, 31.1 ov)

 

३१.१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पुर्याए ।

आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्डविरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।

निर्णायक खेलमा युएईले दिएको मध्यमस्तरीय लक्ष्य हेर्दा यो सिरिज नेपालको पक्षमा जाने अवस्था देखिन्छ ।

अहिले नेपालले १३.२ ओभरमा ३३ रन जोड्दै १ विकेट गुमाएको छ ।

BOWLING O M R W ECON WD NB
Sompal Kami 9 2 33 1 3.66 2 0
Gulsan Jha 7 0 42 2 6.00 4 0
Dipendra Singh Airee 10 3 22 2 2.20 0 0
Aarif Sheikh 3 0 11 0 3.66 3 0
Lalit Rajbanshi 10 2 20 1 2.00 0 0
Harishankar Shah 4 1 13 0 3.25 0 0
Kushal Bhurtel 7 1 32 2 4.57 3 0

 

Nepal  (T: 177 runs from 50 ovs)
BATTING R B 4s 6s SR
Arjun Saud  c †Aravind b Hazrat Bilal 9 33 1 0 27.27
Aasif Sheikh † not out 13 30 2 0 43.33
Gyanendra Malla  not out 1 7 0 0 14.28
Extras (w 3) 3
TOTAL 11.4 Ov (RR: 2.22) 26/1
Fall of wickets: 1-24 (Arjun Saud, 9.6 ov)
BOWLING O M R W ECON WD NB
Hazrat Bilal 3.4 1 8 1 2.18 2 0
Zahoor Khan 3 0 9 0 3.00 1 0
Aayan Afzal Khan 5 2 9 0 1.80 0 0
Share Now

Leave a comment.