Prakash Adhikari November 18, 2022

काठमाडौं, २ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंसिर २ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान,कमलादी काठमाण्डौंमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९को वार्षिक साधारणसभाले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३.३६६३ प्रतिशत बोनस शेयर र७.६३३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित अन्य प्रस्तावहरु सर्वसम्मत रुपले पारित गरेको छ ।

सभाबाट पारित ३.३६६३ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ पुग्नेछ ।

एनसीसी बैंकले आर्थिक वर्ष २०७८÷७९ मा निक्षेप परिचालनमा २७.७१ प्रतिशतले बृद्धि भई रू. १ खर्ब ४१ अर्ब ५० करोड पुगेकोे जनाएको छ । त्यसै गरी बैंकले रू. १ खर्ब २४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्घि हासिल गरेको उल्लेख गरेकोे छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १ सय ५६ शाखा र १ सय ४४ एटिएम र १५ एक्टेन्सन काउण्टर मार्फतआफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

 

Share Now

Leave a comment.