कीर्तिपुर(काठमाडौं), २ मंंसिर । नेपालले आफ्नो घरेलु मैदानमा सम्पन्न एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला जितेको छ ।
आज कीर्तिपुरमा सम्पन्न तेस्रो तथा निर्णायक खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखला जितेको छ।
श्रृखलाको पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोश्रो खेलमा नेपालले ३ विकेटको जित दर्ता गरेको थियो।
नेपालले युएईलाई आफ्नो गृह मैदानमा पराजित गरेको यो दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखला हौ ।
यस अघि नेपालले सन् २०१९ मा युएईको भूमिमा २ १ को जित दर्ता गरेको थियो।
एक दिवसीय अन्तर्राष्ट्रिय तर्फ भने चौंथो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित हो। यस अघि नेपालले पपुवा न्यु गिनीलाई दुई पटक तथा युएईलाई एक पटक सिरिजमा पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय खेल मैदानमा युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४ विकेट क्षतिमा ४०.१ ओभरमा हासिल गरेको थियो ।
नेपालको जितमा ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको उत्कृष्ट योगदान रह्यो। आसिफले अविजित ८८ रन बनाए जुन क्रममा १ सय १९ बलमा १२ चौका प्रहार गरे। ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का मद्दतले ६४ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा अर्जुन साउद र आसिफ शेखले २४ रनको साझेदारी गरे। दशौँ ओभरमा साउद ९ रन बनाएर हजरत बिलालबाट विकेट पछाडी समातिए। दोश्रो विकेटको लागि आसिफ र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गरे। १ सय २२ रनको साझेदारी गरेपछि ज्ञानेन्द्र चौतिसौं ओभरमा आयान अफ्जल खानले एलबिडब्लु पारे।
यो साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो विकेटको लागि सर्वाधिक साझेदारी हो भने सबै विकेटको लागि दोश्रो ठूलो साझेदारी हो।
यसै वर्ष मार्चमा देव खनाल र दिपेन्द्र ऐरी बीच पपुवा न्यु गिनीसंग तेश्रो विकेटको लागि भएको १ सय २९ रनको साझेदारी सर्वाधिक साझेदारी हो।
मल्लको विकेट पछि रोहित पौडेल र दिपेन्द्र ऐरी रन आउट भए। आसिफ अविजित रहँदै टिमलाई जितसम्म पुर्याए।
नेपाललाई रोक्ने क्रममा युएई बलर हजरत बिलाल र आयान अफ्जल खानले १ । १ विकेट लिए।
दशौँ विकेटको आयान अफ्जल खान र हजरत बिलालले अविजित ८३ रनको साझेदारी गरे
#ssixercup2022 #NEPvsUAE #3rdODI
UAE: 176/9 (50)
Nepal: 180/4 (40.1)Nepal won by 6 wickets & wins the series by 2-1 👏 pic.twitter.com/fPlx0gbGXt
— CAN (@CricketNep) November 18, 2022
टस जितेरर फिल्डिंग रोजेको युएईले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर १ सय ७५ रन बनायो।
युएईको लागि आठौँ नम्बरमा ब्याटिड. गरेका आयान अफ्जल खानले अविजित ५४ रन बनाए जुन क्रममा ६३ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
खेलमा युएईका हजरत बिलालले अविजित २० रन बनाए। यस अघि अलिशान शरफुले ३३ तथा रोहन मुस्तफाले २४ रन बनाए।
उत्कृष्ट सुरुवात गरेको नेपालले मात्र १६ रन बनाउदा युएईको ३ विकेट लियो। गुल्सन झाले मुहम्मद वासिम र कप्तान सिपी रिज्वानलाई विकेट पछाडि क्याच आउट पारे। सोमपालले भ्रित्या अरविन्दलाई बोल्ड गरे।
तेश्रो विकेटको लागि रोहन मुस्तफा र अलिशान शरफुले ६३ रनको साझेदारी गरे। चौबिसौं ओभरमा दिपेन्द्र ऐरीले मुस्तफालाई क्याच आउट पारे।
छब्बीसौं ओभरमा कुशल भुर्तेलले शरफुलाई बोल्ड गर्दै नेपाललाई पुनः खेलमा हावी गरे। त्यसपछि युएईले लगातार विकेट गुमायो।
उनन्तिसौं ओभरमा दिपेन्द्र ऐरीले विष्णु सुकुमरनको विकेट लिए। लगत्तै ओभरमा बसिल हमिदलाई ललित राजबंशीको विकेट पछाडि क्याच आउट गरे। एकतिसौं ओभरमा भूर्तेलले एहमद रजाको विकेट लिए भने लगत्तै ओभरमा जहुर खान रन आउट भए।
Nepal: 128/1 (30)
Target: 177 pic.twitter.com/DxU5gnSuq3
— CAN (@CricketNep) November 18, 2022
९३ रनमा ९ विकेट गुमाएपछि दशौँ विकेटको लागि आयान अफ्जल खान र हजरत बिलालले उत्कृष्ट साझेदारी गर्दै नेपाली बलरलाई निराश पारे। दुवैले दशौँ विकेटको लागि अविजित ८३ रनको साझेदारी गरे।
नेपालको बलिंगमा गुल्सन झा, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले २ । २ विकेट तथा सोमपाल कामी र ललित राजबंशीले १ । १ विकेट लिए।


















