Prakash Adhikari March 24, 2018

 

काठमाडौं, १० चैत्र । अफगानिस्तान २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छनौट भएको छ।

बिश्वकप छनौटको शुक्रबार सम्पन्न अन्तिम सुपर सिक्स खेलमा आयरल्याण्डलाई ५ विकेटले पराजित गरेपछि सुपर सिक्स अंकतालिकामा ६ अंक सहित दोश्रो स्थानमा रहँदै अफगानिस्तान छनौट भएको हो।

कुल ८ अंक बटुल्दै पहिलो स्थानमा रहँदै वेस्ट इन्डिज यस अघिनै बिश्वकप खेल्न छनौट भइसकेको छ।

इंग्ल्याण्डमा २०१९ मेमा आयोजना हुने बिश्वकपमा १० टिम सहभागी हुनेछन् ।

वेस्ट इन्डिज र अफगानिस्तान सहित भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्ड, बंगलादेश र आयोजक इंग्ल्यान्ड बिश्वकप खेल्नेछन्।

अपत्यारिलो यात्रा

छनौट चरणको प्रतियोगितामा अफगानिस्तानको शुरुआत निकै खराब थियो । जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंग पराजित भएको अफगानिस्तानले नेपालसंग मात्र जित निकालेको थियो ।

हंगकंग र नेपाल बीच समुहको अन्तिम खेलमा हंगकंगले नेपाललाई पराजित गरेको भए अफगानिस्तान सुपर सिक्स प्रवेश गर्दैन थियो। तर नेपालले हंगकंगलाई पराजित गर्दा नेपाल, हंगकंग र अफगानिस्तानको समान १र१ जित भएपछि अफगानिस्तानले नेट रन रेटको आधारमा सुपर सिक्स चरण प्रवेश गर्ने मौका पायो ।

समुह चरणको खराब प्रदर्शन पछि अफगानिस्तानले सुपर सिक्समा भने वेस्ट इन्डिजलाई ३ विकेटले, युएईलाई ५ विकेटले तथा आयरल्याण्डलाई पनि ५ विकेटले पराजित गर्दै लगातार ३ जित हात पार्यो। तर अफगानिस्तानको बिश्वकप छनौट सजिलो भने थिएन अघिल्लो २ वटा खेलमा आश्चर्यजनक नतिजाले अफगानिस्तान विश्वकपको मैदानमा पुर्यायो ।

जिम्बाबेले युएईलाई पराजित गरेको खण्डमा जिम्बाबे बिश्वकप छनौट हुन्थ्यो तर युएईले जिम्बाबेलाई पराजित गर्दै जिम्बाबेको बिश्वकप यात्रा रोकेपछि अफगानिस्तानको बाटो खुल्यो।

आयरल्याण्ड र अफगानिस्तान मध्ये बिजेता टिमले बिश्वकप यात्रा तय गर्ने खेलमा अफगानिस्तानले ५ विकेटको सहज जित निकाल्दै विश्वकपको यात्रा अगाडी बढायो ।

अफगानिस्तानले यो भन्दा अघि पहिलो पटक सन् २०१५ को एकदिवसीय बिश्वकप खेलेको थियो जसपछि २०१९ मा दोश्रो सहभागिता हुनेछ।

अंकतालिका

बिश्वकप छनौटमा अफगानिस्तानको प्रदर्शन 
समुह चरण

पहिलो खेल – स्कटल्याण्डसंग ७ विकेटले पराजित
दोश्रो खेल – जिम्बाबेसंग २ रनले पराजित
तेश्रो खेल – हंगकंगसंग ३० रनले पराजित ९ डीरएल ०
चौथो खेल – नेपालसंग ६ विकेटले बिजयी

सुपर सिक्स चरण :

पहिलो खेल – वेस्टइन्डिजसंग ३ विकेटले बिजयी
दोश्रो खेल – युएईसंग ५ विकेटले बिजयी
तेश्रो खेल – आयरल्याण्डसंग ५ विकेटले बिजयी

Share Now

Leave a comment.