Prakash Adhikari December 2, 2022

काठमाडौं, १६ मंसिर । मतगणना भैरहेका प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमध्ये स्याड.जा २ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ भने दोलखामा गठबन्धन तर्फ नेकपा माओवादीको ।

स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनाम नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ २ हजार ४ सय १८ मतले अगाडि हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गर्नुभएको छ ।

गुरुङका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्‍मा कुमारी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन्।

बाजुरामा बद्री पाण्डेको अग्रता, कर्ण थापा ११ सय ४८ मतले पछि

बाजुरामा बद्री पाण्डे १ हजार१ सय ४८ मतले अगाडि

बाजुरा क्षेत्र नम्बर १ मा मतगणना जारी छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार (१५ मंसिर) दिउँसोबाट सुरु भएको थियो।

पछिल्लो मत परिणाम अनुसार यहाँ नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डेले अग्रता लिनुभएको छ। उहाँले ४ हजार २ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पाण्डेलाई नेकपा एमालेका उम्मेदवा कर्ण बहादुर थापाले पछ्याइरहेनुभएको छ। थापाले ३ हजार ६६ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले २२ मत प्राप्त गर्नुभएको छ।

दोलखामा गंगा कार्की अगाडि

दोलखाबाट प्राप्त समाचार अनुसार त्यहाँ गौरीशंकर गाउँपालिका ३ झ्याकुको मत गणनाको परिणाममा नेकपा माओवादीका गंगा कार्कीलाई ५ सय ३१ मत प्राप्त भएको छ भने एमालेका बालकृष्ण शिवाकोटीलाई २ सय ७४ मत ।

त्यस्तै गौरी शंकर ९ मा गंगा कार्कीले २ सय ९९ मत पाउदा बालकृष्णलाई १ सय ७४ मत मिलेको छ ।

त्यस्तै प्रदेश सभा (क)मा नेपाली कांग्रेसका कुन्दन राज काफ्ले अगाडि हुनुहुन्छ भने (ख)मा नेपाली कांग्रेसकै बर्मा लामा ।

 

Share Now

Leave a comment.