Prakash Adhikari December 29, 2022

कीर्तिपुर(काठमाडौं), १४ पौष । जनकपुर रोयल्स नेपाल टी–२० लिग क्रिकेटको दोस्रो स्थानमा पुगेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई ८ विकेटले हरायो । फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेटको क्षतिमा हासिल गरेको थियो ।

जनकपुरका लागि सन्दीप जोराले सर्वाधिक ७७ रन बनाए । ५४ बलमा ३ चौका र छ छक्काको सहयोगमा ७७ रन बनाएका जोरा अविजित रहे ।
खेलमा जनकपुरकै चाडविक वाल्टनले अविजित ६९ रन बनाए ।

Janakpur Royals  (T: 170 runs from 20 ovs)
BATTING R B 4s 6s SR
Pawan Sarraf  b Karan KC 12 11 2 0 109.09
Trevon Griffith (c) c Umair Ali b Karan KC 6 5 1 0 120.00
Chadwick Walton † not out 69 40 2 5 172.50
Sundeep Jora  not out 77 54 3 5 142.59
Extras (lb 2, w 5) 7
TOTAL 18.2 Ov (RR: 9.32) 171/2

जनकपुरलाई रोक्ने क्रममा बलिङमा फार वेस्टका करण केसीले दुई विकेट लिए ।

all of wickets: 1-19 (Pawan Sarraf, 2.3 ov), 2-20 (Trevon Griffith, 2.6 ov)
BOWLING O M R W ECON WD NB
Karan KC 3.2 0 25 2 7.50 0 0
Sher Malla 2 0 25 0 12.50 1 0
Rashid Khan 4 0 39 0 9.75 0 0
Umair Ali 4 0 28 0 7.00 1 0
Bhuvan Karki 4 0 40 0 10.00 2 0
Hashmatullah Shahidi 1 0 12 0 12.00 0 0

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।

फार वेस्टका लागि करण केसीले ४६ रन, भिम सार्कीले अविजित ३६, देव खनालले २२, कप्तान हसमतुल्लाह शाहिदीले १९, हरिशंकर शाहले १३, विनोद भण्डारीले १२ र हसिम अंसारीले ११ रन जोडे ।

Far West United  (20 ovs maximum)
BATTING R B 4s 6s SR
Dev Khanal  c †Walton b Mukhiya 22 26 2 1 84.61
Hasim Ansari  c †Walton b Sompal Kami 11 7 2 0 157.14
Hashmatullah Shahidi (c) run out (Jora) 19 18 1 1 105.55
Bhim Sharki  not out 36 30 1 2 120.00
Binod Bhandari † b Rajbanshi 12 13 1 0 92.30
Umair Ali  c Mohammad Aadil Alam b Rajbanshi 0 2 0 0 0.00
Harishankar Shah  run out (Sarraf/Rajbanshi) 13 9 0 1 144.44
Karan KC  not out 46 17 3 4 270.58
Extras (lb 1, nb 2, w 7) 10
TOTAL 20 Ov (RR: 8.45) 169/6

फार वेष्टलाई रोक्ने क्रममा जनकपुरका ललितनारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले १ /१ विकेट लिए ।

Fall of wickets: 1-14 (Hasim Ansari, 1.6 ov), 2-54 (Dev Khanal, 7.3 ov), 3-67 (Hashmatullah Shahidi, 9.4 ov), 4-89 (Binod Bhandari, 13.1 ov), 5-89 (Umair Ali, 13.3 ov), 6-111 (Harishankar Shah, 15.4 ov)
BOWLING O M R W ECON WD NB
Pawan Sarraf 4 0 24 0 6.00 0 0
Sompal Kami 3 0 29 1 9.66 0 1
Trevon Griffith 2 0 21 0 10.50 1 0
Mohammad Aadil Alam 1 0 15 0 15.00 1 1
Jitendra Mukhiya 3 0 34 1 11.33 0 0
Samiullah Shinwari 3 0 20 0 6.66 1 0
Lalit Rajbanshi 4 0 25 2 6.25 0 0

लिगमा चौथो खेलमा तेस्रो जित निकालेको जनकपुरले ६ अंक बनाएको छ । चार खेलमा एक जित निकालेको फार वेस्ट २ अंकसहित ५ स्थानमा छ । शीर्षस्थानमा रहेको लुम्बिनी अल स्टारको ४ खेलबाट ८ अंक पुगेको छ ।

पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।

प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा भैरहेको छ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले ५ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार, उदयीमान खेलाडीलाई १ लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

Share Now

Leave a comment.