हेटौडा(मकवानपुर), १४ पौष । बागमती प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार प्रदेश सभामा आयोजित विशेष कार्यक्रममा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ ख्वाउनुभएको हो।
७२ वर्षीय ढुंगानाले नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट बुधबार नै ज्येष्ठ सदस्यका रुपमा शपथ लिनुभएको थियो।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन। जसमध्ये आज १०९ सांसदले आज शपथ ग्रहण गरेका हुन्। जसमध्ये १५ सांसदले मातृभाषामा सथप लिएका छन्।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।


















