Prakash Adhikari January 6, 2023

 

किएभ(युक्रेन), २२ पौष (बीबीसी) । रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयसँग जुध्नेगरी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ।

युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।

मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ जुन समय रुसी ुअर्थोडक्सु क्रिसमसको समयसँग जुध्ने छ।

रुसी ‘अर्थोडक्स’ गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताउनुभएको छ।

युद्धविरामको उद्देश्य
“किरिलले गर्नुभएको अपिललाई ध्यानमा राख्दै राष्ट्रपतिले रुसी महासङ्घको रक्षा मन्त्रालयलाई युक्रेनी युद्धमोर्चामा ३६ घण्टाका लागि युद्धविराम गर्न निर्देशन दिनुभएको हो,” राष्ट्रपति कार्यालय क्रेम्लिनले एउटा विज्ञप्तिमार्फत् भनेको छ।

युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ।

रुसी अर्थोडक्स गिर्जाघरले ज्यानुअरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ।

क्षति

क्षति

सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रवार क्रिसमसको पूर्वसन्ध्या र शनिवार क्रिसमस मनाउन सकून् भनेर पुटिनले युक्रेनलाई पनि तत्तत् गर्न आग्रह गरेको मानिएको छ।

तर रात्रिकालीन भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाउनुभयो।

“त्यसबाट आखिर उनीहरूले के पाउने छन्रु उनीहरूको कुल क्षतिमा फेरि अर्को क्षति त थपिने हो।”

जेलेन्स्कीले आफ्नो संबोधनको यो अंश चाहिँ अस्वाभाविक रूपमा रुसी भाषामा बोल्नुभएको छ।

राष्ट्रपति जेलेन्स्कीका युद्धविराम प्रस्तावहरूलाई मस्कोले निरन्तर बेवास्ता गर्दै आएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताउनुभएको छ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले अधिनस्थ क्षेत्रबाट रुसी फौजहरू फिर्ता नभएसम्म “अस्थायी युद्धविराम” नहुने बताएका छन्।

पुटिनले “केही राहत खोज्ने प्रयत्न गरेको” संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले टिप्पणी गर्नुभएको छ।

Share Now

Leave a comment.