Prakash Adhikari January 5, 2023

 

कीर्तिपुर(काठमाडौं), २१ पौष । नेपाल टी २० लिगको आज भएको दोस्रो खेलमा फारवेष्ट युनाइटेडले काठमाडौं नाइट्सलाई पराजित गरेको छ।

फारवेष्टले काठमाडौंलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा टस जितेर ब्याटिड. गरेको फारवेष्टले दिएको १ सय ९८ रनको लक्ष्य काठमाडौंले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो।

खलमा काठमाडौंका कमल ऐरीले जोडेको २० रन, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले समान १७ रन, सुनाम गौतमले १६, विरनदिप सिंहले १४ तथा सन्तोष कार्कीले १२ रन, अनिल खरेल ६ तथा एलेक्स बेक्स र बसिर अहमदले १ । १ रनको योगदान दिए।

Kathmandu Knights  (T: 198 runs from 20 ovs)
BATTING R B 4s 6s SR
Virandeep Singh  c †Bhandari b Gupta 14 13 2 0 107.69
Lokesh Bam † c Gupta b Karan KC 4 6 1 0 66.66
Alex Blake  c Khanal b Gupta 1 2 0 0 50.00
Santosh Karki  c & b Malla 12 5 1 1 240.00
Gyanendra Malla (c) c Karan KC b Jaishi 17 16 0 0 106.25
Sandeep Rajali  c Khanal b Hashmatullah Shahidi 17 17 0 1 100.00
Basir Ahamad  b Hashmatullah Shahidi 1 2 0 0 50.00
Sunam Gautam  b Karan KC 16 25 1 0 64.00
Kamal Airee  st †Bhandari b Siriwardana 20 21 0 2 95.23
Anil Kharel  not out 6 12 1 0 50.00
Abinash Bohara  not out 0 1 0 0 0.00
Extras (b 4, lb 1, w 1) 6
TOTAL 20 Ov (RR: 5.70) 114/9

काठमाडौंलाई  रोक्न बसिर अहमद एक्लैले ३ विकेट लिए भने अविनाश बोहोराले एक विकेट ।

Fall of wickets: 1-157 (Binod Bhandari, 16.3 ov), 2-164 (Noor Ahmad, 17.2 ov), 3-165 (Hashmatullah Shahidi, 17.4 ov), 4-166 (Milinda Siriwardana, 17.6 ov)
BOWLING O M R W ECON WD NB
Kamal Airee 4 1 36 0 9.00 3 0
Abinash Bohara 4 0 41 1 10.25 2 0
Sunam Gautam 3 0 27 0 9.00 2 0
Anil Kharel 3 0 43 0 14.33 0 0
Basir Ahamad 4 0 24 3 6.00 0 0
Alex Blake 2 0 20 0 10.00 0 0

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर तथा कप्तान हसमतुल्लाह साहिदी र विनोद भण्डारीले १ सय ५७ रनको साझेदारी गरेपछि फारवेष्टले विशाल योगफल तयार पारेको हो। साहिदीले ५७ बलमा ५ चौका र ४ छक्का हान्दै ७६ रनको योगदान दिए।

भण्डारीले ४४ बलमा ६ चौका र ५ चौका हान्दै ७३ रन बनाए। करण केसी २२ र उमेर अली ७ रनमा नटआउट रहे। नुर अहमद ३, मिलिन्दा सिरिवान्दना १ रनमा नटआउट रहे।

Far West United  (20 ovs maximum)
BATTING R B 4s 6s SR
Hashmatullah Shahidi (c) c Blake b Basir Ahamad 76 57 5 4 133.33
Binod Bhandari † c Basir Ahamad b Bohara 73 44 6 5 165.90
Noor Ahmad  b Basir Ahamad 3 4 0 0 75.00
Milinda Siriwardana  c Airee b Basir Ahamad 1 2 0 0 50.00
Karan KC  not out 22 8 0 3 275.00
Umair Ali  not out 7 5 0 0 140.00
Extras (b 1, lb 5, w 9) 15
TOTAL 20 Ov (RR: 9.85) 197/4

फारवेष्टलाई रोक्न करण केसी, दुर्गेश गुप्ता र हस्मतुल्लाहले समान २ ।२ विकेट लिए। मिलिन्दा सिरिवर्दना, प्रकाश जैशी, शेर मल्लले समान १।१ विकेट आफ्नो लिए।

Fall of wickets: 1-157 (Binod Bhandari, 16.3 ov), 2-164 (Noor Ahmad, 17.2 ov), 3-165 (Hashmatullah Shahidi, 17.4 ov), 4-166 (Milinda Siriwardana, 17.6 ov)
BOWLING O M R W ECON WD NB
Kamal Airee 4 1 36 0 9.00 3 0
Abinash Bohara 4 0 41 1 10.25 2 0
Sunam Gautam 3 0 27 0 9.00 2 0
Anil Kharel 3 0 43 0 14.33 0 0
Basir Ahamad 4 0 24 3 6.00 0 0
Alex Blake 2 0 20 0 10.00 0 0

यो जितसंगै लिगका ८ खेलमा २ खेलमा जित र ६ हारको नतिजा निकालेको फारवेष्ट ४ अंकसहित अंक तालिकाको पुछारमा छ।

Share Now

Leave a comment.