काठमाडौं, २३ पौष । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकमा हना सिंगर हमादी नियुक्त हुनुभएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले हमादीलाई आवासीय संयोजक नियुक्त गर्नुभएको हो।
उहाँ इजिप्टकी नागरिक हुनुहुन्छ। हमादी यसअघि श्रीलंकास्थित रास्ट्रसंघीय आवासीय संयोजक हुनुहुन्थ्यो।
विगतमा उहाँले नेपालका लागि राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की प्रमुख भएर पनि काम गरिसकेकी छन्।
१० वर्षपछि नेपालमा फर्केर काम गर्न पाउँदा आफू खुसी भएको उहाँले जनाउनुभएको छ।
Namaste Nepal
I am delighted to be back after 10 years to begin my role as your Resident Coordinator.Looking forward 2 leading the @UN_Nepal team to advance the #GlobalGoals, #UNSDCF & ensure irreversible #LDCGraduation for Nepal by leaving no one behind.https://t.co/odNkvR0i2c— Hanaa Singer-Hamdy (@SingerHanaa) January 6, 2023


















