Prakash Adhikari January 6, 2023

पोखरा(कास्की), २२ पौष । हल्ट प्राइजमा सहभागिता जनाउन दर्ता भएका टिमहरुलाई पोखरा विश्वविद्यालयको आयोजक समितिले बिहिबारदेखि तालिम दिन थालेको छ ।

बिहिबार पाकिस्तानका उद्यमी(इन्टरप्रेनर) इब्तिसम बाबरले प्रतियोगी टिमहरुलाई भर्चुअल रुपमा तालिम दिनुभएको थियो । पहिरनको पुनर्ढाँचा अर्थात रिडिजाइनिड.फेशन शीर्षकमा उहाँले सहभागीहरुलाई तालिम दिनुभएको थियो ।

अबको अर्को तालिम २४ पौषमा हुने भएको छ।

विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।

स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हर्ट बिजनेश स्कूलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ । हल्ट एजुकेशन फष्र्ट भन्ने संस्थाका संस्थापक पनि हुनुहुन्छ ।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौतिको शीर्षक चुन्नुहुन्छ हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ ।

बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसले यो पुरस्कारलाई विद्यार्थीका लागि नोबल पुरस्कार भन्नुभएको छ ।

विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौतिको सामना गर्ने उत्कृष्ट विचार लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो ।

यसको बार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका क्याम्पस कार्यक्रममा सहभागी गराइन्छ । त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ । त्यसमा पनि उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा सहभागी गराइन्छ ।

त्यसमा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइन्छ ।

ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ । निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर राशीको पुरस्कार पाउने छ ।

Share Now

Leave a comment.