बीरेन्द्रनगर(सुर्खेत), २७ पौष । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ।
नेकपा एमालेसँग भएको सहमतिअनुसार उहाँ अब अढाई वर्षसम्म मुख्यमन्त्रीका रुपमा रहनुहुने छ।
बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष पुगेर शर्माले
बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो।
यसअघि प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आव्हान गर्नुभएको थियो।
त्यही आह्वानअनुसार नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो।
कर्णाली प्रदेशका माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसदले उहाँलाई समर्थन गर्नुभएको थियो।


















