Prakash Adhikari January 11, 2023

देउखुरी(दाड.), २७ पौष । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गर्नुभएको थियो । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ ।

 

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ ।

 

Share Now

Leave a comment.