Prakash Adhikari January 12, 2023

काठमाडौं, २८ पौष। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ। साथै, जरिवाना पनि तोकिएको छ।

स्रोतका अनुसार पाठकलाई तीन वर्ष कैद र ३९ लाख जरिवाना भराउने फैसला सुनाइएको हो। यस्तै अर्का प्रतिवादी लम्बोदर न्यौपानेलाई पनि उति नै सजाय र ३९ लाख जरिवाना भराउने फैसला भएको छ ।

पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो।

तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो। पूर्वआयुक्त पाठकले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाई दिने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नै मुद्दा दायर गरेको थियो ।

Share Now

Leave a comment.