Prakash Adhikari January 18, 2023

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताउनुभयो । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने भएको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यो निर्णय गरिएको हो ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको पदाधिकारीहरुको बैठकले सभामुखमा उमेदवारी दिने निर्णय गरेको थियो ।

बैठकले २ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

त्यसअघि अन्य दलहरूसँग छलफल भैरहेको छ ।

Share Now

Leave a comment.