जनकपुरधाम(धनुषा), ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
यादवलाई प्रदेश सभाको बैठकमा उपस्थित १ सय २ जना सदस्यले विश्वासको मत दिनुभएको थियो ।
सभामुख रामचन्द्र मण्डलले दिनुभएको जानकारी अनुसार मुख्यमन्त्री यादवले सभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको विपक्षमा शून्य मत परेको थियो ।
यादव जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियोे । आफ्ना मुख्यमन्त्रीलाई समर्थन जुटाउन जसपाका अध्यक्ष उपेन्द्र यादवले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गर्नुभएको थियो ।


















