काठमाडौं,४ माघ। सरकारका विपक्षी दलहरु मोर्चा बनाएर अघि बढेको नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेका पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।
मुख्यसचेतक रमेश लेखकले बुधबार अपरान्ह ह्वीप जारी गर्दै सभामुखमा न्यौपानेलाई मत दिन निर्देशन दिनुभएको छ ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनबारे मतदान हुँदैछ।
सभामुखमा कांग्रेसले एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन् । तर, मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरूङ विरूद्ध भ्रष्टाचार मुद्दा विचाराधीन भएकोले प्रतिनिधि सभामा उपस्थित हुन पाउँनुहुन्न ।


















