बुटवल(रुपन्देही), ४ माघ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएको थियो ।
नवनिर्वाचित सभामुख र उपसभामुख दुवैले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराउनुभएको हो ।
प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ भने दाङमा गराउनुभएको थियो ।


















