काठमाडौँ, १२ माघ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज स्थायी कमिटी बैठक बोलाइएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताउनुभएको छ ।
पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेण्डा छन् ।
नेकपा माओवादी केन्द्र र डा . बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताबारे सहमति भइसकेको छ । यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको प्रयास जारी छ ।
आजको बैठकले नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।


















