Prakash Adhikari January 28, 2023

चैनपुर(बझाड.), १४ माघ । बझाड. जिल्लामा निर्माण भएको कलंगा जलविद्युत परियोजना सम्पन्न भएको छ । १५.३३ मेगवाट जडित क्षमताको कलंगा जलविद्युत परियोजनाबाट उत्पादित विद्युत यही माध ११ देखि बिधिवत रूपमा १३२ केभी प्रशारण लाइनमा जोडिएको छ ।

२०७३ चैत्र ८ गते निर्माण शुभारम्भ भएको यो परियोजनाको लागत २ अर्ब ८० करोड भन्दाबढी भएको बताइएको छ ।

आयोजनालाई माछापुच्छ्रे बैंकको नेतृत्वमा एनएमबी बैंक र सिभिल बैंकले ७५ प्रतिशत लागत लगानी गरेका थिए भने बाँकी २५ प्रतिशत रकम संस्थापक र सर्वसाधरणबाट उठाउने तयारी छ ।


आयोजनाले बुगाल नगरपालिकामा ६५ किलोमिटर सडक निर्माणमा सघाउनुको साथै १५ वटा खानेपानी आयोजना र ३५ विद्यालयहरुको खेल मैदान र भवन निर्माणमा सहयोग गरेको छ ।

वझाड.मा अपर कलंगा ,बुगाल सानी गाड र बुगाल हाइडो गरी ६५ मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरु निर्माणाधीन छन् । सबै आयोजनामा गरी कूल १२ अर्ब लगानी हुने आयोजनाका प्रबर्धकहरुले बताएका छन् ।

Share Now

Leave a comment.