पोखरा(कास्की), १४ माघ । पोखरा विश्वविद्यालयद्धारा आयोजित हल्ट प्राइज अन क्याम्पसको फाइनलमा अस्वस्थामा टीम बिजयी भएको छ ।
हल्ट प्राइज अन क्याम्पस प्रतियोगिता शनिबार पोखराको होटल सरोवरमा सम्पन भएको थियो।
टीम स्वस्थामामा संतोष पौडेल ,सौगात आचार्य ,स्वरुप पौडेल,सचिन घिमिरे,नबीन ढकाल रहनुभएको थियो।
यस टीमले अब हल्टको क्षेत्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छ।
विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।
स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हर्ट बिजनेश स्कूलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ । हल्ट एजुकेशन फर्स्ट भन्ने संस्थाका संस्थापक पनि हुनुहुन्छ ।
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौतीको शीर्षक चुन्नुहुन्छ हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ ।
बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसले यो पुरस्कारलाई विद्यार्थीका लागि नोबल पुरस्कार भन्नुभएको छ ।
विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौतीको समाधान निकाल्ने उत्कृष्ट विचार लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो ।
यसको बार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका क्याम्पसहरुलाई कार्यक्रममा सहभागी गराइन्छ । त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ । त्यसमा पनि उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा सहभागी गराइन्छ ।
त्यसमा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइन्छ ।
ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ । निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर राशीको पुरस्कार पाउने छ ।


















