काठमाडौं, १६ माघ । साताको दोस्रो कारोबार दिन नेपालको शेयरबजारमा भारी गिरावत आएको छ । गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो।
यस दिन नेप्से परिसूचक ४१.०१ अंक घटेर २१२७.५२ विन्दुमा झरेको छ।
यस दिन २ सय ५६ कम्पनीको ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय ५ रुपैया ९३ पैसा बराबरको कारोबार भएको छ। जसमध्ये २ सय ३५ कम्पनीको शेयरको मूल्य घटेको छ भने १७ कम्पनीका शेयरको मूल्य बढेको छ। बाँकी ४ कम्पनीको शेयरको मूल्य भने यस दिन अघिल्लो कारोबार दिनको सरह रहेको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ वटै उपसमूहको उपपरिसूचक घटेको छ । यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,378.07 | -15.79 | -1.13 |
| Development Bank Index | 3,693.12 | -95.43 | -2.52 |
| Finance Index | 1,752.85 | -61.22 | -3.37 |
| Hotels And Tourism Index | 3,260.26 | -121.98 | -3.61 |
| HydroPower Index | 2,639.01 | -79.79 | -2.93 |
| Investment Index | 66.29 | -1.89 | -2.77 |
| Life Insurance | 10,941.44 | -121.54 | -1.10 |
| Manufacturing And Processing | 5,154.31 | -72.18 | -1.38 |
| Microfinance Index | 4,695.43 | -85.72 | -1.79 |
| Mutual Fund | 14.60 | -0.19 | -1.27 |
| Non Life Insurance | 9,209.56 | -270.13 | -2.85 |
| Others Index | 1,503.13 | -33.19 | -2.16 |
| Trading Index | 2,280.55 | -45.95 | -1.98 |
शेयर बजारमा भारी गिरावट भएको सोमबार पनि दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। अन्य बढी रकमको कारोबार हुने कम्पनीहरुमा पिपल्स हाइड्रो पावर,अपर तामाकोशी,अपि पावर, एनआईसी एशिया, चिलिमे हाइड्रोपावर कम्पनी, डा.दी ग्रुप पावर लिमिटेड,नेपाल पुनर्बीमा कम्प्नी, नेपाल दूरसञ्चार कम्पनी रहेका छन् ।


















