Prakash Adhikari January 31, 2023

काठमाडौं, १७ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकको अध्यक्षता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नुभएको छ ।

बैठकमा भोलि हुने स्थायी समितिको बैठकमा पेश हुने एजेण्डा तय गरिने बताइएको छ ।

तर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आज रातिसम्म आफूलाई गृहमन्त्री पुनर्नियुक्त नगरे सरकार छोड्ने चेतावनी दिनुभएको छ ।

यसैले गृहमन्त्रालयको विषय आज छलफलको शीर्षमा रहेको छ ।

सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता प्रकरणमा दोषी ठहर गरे संगै उहाँले उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा दिनुभएको थियो । सांसदका लागि भने उहाँ अयोग्य भएकोले स्वतः गैरसांसद हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह गृह मन्त्रालय प्रधानमन्त्री दाहालले आफैँसँग राख्नुभएको छ । माओवादी केन्द्रमा गृह आफ्ैले राख्नुपर्ने दवाव छ । तरर राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वसहमति अनुसार आफैले पाउनु पर्ने र  गैरसांसद मन्त्री हुन पाउने प्रावधान अन्तरग रवि लामिछानेलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गरेको छ ।

यस्तै, राष्ट्रपतिको उम्मेदवारका विषयमा पनि माओवादीले गठबन्धनमा भएको सहमति भन्दा फरक मत राख्दै आएको छ । निर्वाचन आयोगले यही फागुन २५ गते बिहिबार राष्ट्रपतिको र चैत्र ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुने मिति तय गरेको छ । आयोगको निर्वाचन तालिका अनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने र १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ भने उपराष्ट्रपतिको मनोनयन पत्र फागुन २७ गते दर्ता गर्ने कार्यक्रम छ ।

 

Share Now

Leave a comment.