Prakash Adhikari January 31, 2023

काठमाडौं, १७ माघ । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शप बाट सामान खरिद गर्दा आफ्ना ग्राहकलाई विशेष छुट दिने गर्ने योजना ल्याएको छ ।

अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकहरुले फागुन १५, २०७९ सम्म पाउनेछन् ।

डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने जानकारी दिएको छ ।

साविकको कुमारी बैंक र एनसीसी बैंकको मर्जरपश्चात् बनेको कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी ३ सय ४ शाखा सञ्जाल, ३ सय ४५ एटीएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

Share Now

Leave a comment.