Prakash Adhikari January 31, 2023

काठमाडौं, १७ माघ । ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ ।
सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । त्यस्तै, सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।

यसैगरी, नेपालले ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ११७ औँ स्थानमा रहेको थियो । नेपालको अङ्कमा केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको टीआईद्वारा जारी रिपोर्टमा उल्लेख छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिन्छ ।

यस वर्षको औसत अङ्क ४३ रहेको छ भने विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख छ ।

यसैगरी, दक्षिण एसियाली राष्ट्रहरूमध्ये भेटानले ६८ अङ्क (२५ औँ), मालदिभ्सले ४० अङ्क (८५ औँ), भारत ४० अङ्क (८५ औँ), श्रीलङ्काले ३६ अङ्क (१०१ औँ), नेपालले ३४ अङ्क (११० औँ), पाकिस्तानले २७ अङ्क (१४० औँ), बङ्गलादेशले २५ अङ्क (१४७ औँ) र अफगानिस्तानले २४ अङ्क (१५० औँ) स्थान प्राप्त गरेको छ । छिमेकी मुलुक चीनले ४५ अङ्क (६५ औँ) स्थानमा रहेको छ ।

https://drive.google.com/file/d/1oWOCeIZYMGX70OxCb9z-5PXfHVs5CS4I/view

Share Now

Leave a comment.