Prakash Adhikari January 31, 2023

काठमाडौ., १७ माघ। नेपालको शेयर बजार ओरालो लयमा देखिएको छ । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज थप १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा झरेको छ ।

परिसूचक ओरालो लागेको यसदिन शेयर कारोबार रकम समेत घटेको छ । आज २ सय ५९ कम्पनीका ७५ लाख ५३ हजार २ सय ३५ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँ ६१ पैसाको कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

यस दिन कारोबार भएका कम्पनीका शेयर मध्ये ५७ कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिन भन्दा बढेको छ । १ सय ४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

Share Now

Leave a comment.