Prakash Adhikari March 29, 2018

लण्डन(संयुक्त अधिराज्य), १५ चैत्र । अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास) आगामी अप्रिल २२ मा प्रवासी नेपालीहरुबीच युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।

यो ईनासको छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता हो।

युरोपमा प्रतिभा प्रष्फूटन लागि चर्चित बन्दै गएको ईनासको कार्यक्रममा कलाकारहरुले बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन्।
कार्यक्रममाा स्वीजरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले भाग लिने बताइएको छ ।

नृत्य प्रतियोगितामा झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लोकनृत्य मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत सांस्कृृतिक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीत र आधुनिक नेपाली (पप, आधुनिक, ज्याज, ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दुई फरक विधाका गीतहरुमा नृत्य प्रस्तुत हुनेछ ।

प्रतियोगितामा बिजेता कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डानसिङ्ग स्टार र सिङ्गिङ स्टार २०१८” को उपाधि सहित ७ सय १ युरो नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएका छनत्य ।

यस्तै दुवै विधा तर्फको उपबिजेता र तेस्रो हुनेले क्रमसः ५ सय र ३ सय युरो सहित पुरस्कृत हुने भएका छन्।

प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र प्रतियोगितामा भाग लिनपाउने छन् ।

Share Now

Leave a comment.