Prakash Adhikari February 8, 2023

काठमाडौं, २५ माघ । नेपाल पर्वतारोहण संघले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री संकलन गर्ने भएको छ ।

संघले आफ्नो वेभ साइट र सामाजिक सञ्जालमा टर्कीमा आएको विनासकारी भूकम्पले भौतिक संरचनाहरुको तहसनहस गरी धेरै जनधनको क्षति पुर्याएकोले मानवीय सहयोग तत्काल आवश्यक भएको जनाएको छ ।

संघले आजसम्ममा राहत संकलन गरिसक्ने जनाएको छ ।

कठ्यांग्रिने चिसोमा सुरक्षित ओत, लत्ताकपडा,सुत्ने बस्ने ठाँउ र खाद्यान्नको समस्या भेलिरहेका भूकम्प पीडितका लागि कम्बल,स्लिपिड. ब्याग र अन्य अत्यावश्यक सामग्रीहरु उदारतापूर्वक प्रदान गर्न संघले व्यक्तिगत सदस्य,संस्थागत सदस्य,मानार्थ सदस्यहरुका साथै उदार,सहृदयी तथा मनकारी उद्योगी,व्यापारी र सर्वसाधरणमा अनुरोध गरेको छ ।

संघले संकलित राहत सामग्री टर्कीस एअरमार्फत भरिसक्य छिटो भूकम्प प्रभावित टर्कीमा पठाउने पनि जनाएको छ ।

सिरियासंगको सीमावर्ति शहर गाजियाटेपलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यस लगत्तै आएको अर्को ठूलो ७.५ रेक्टरको पराकम्पसहित सयौं पराकम्पका कारण टर्की र सिरियामा गरी ८ हजारबढीले जीवन गुमाईसकेका छन् । टर्कीमा ३ महिने संकटकाल घोषणा गरिएको छ ।

अहिले सिरियामा अमेरिका,चीन,रुस,भारत, मेक्सिको,,दक्षिण कोरियासहितका देशले उद्धार र राहतमा सहयोग गरिरहेका छन् ।

Share Now

Leave a comment.