Prakash Adhikari February 8, 2023

 

ढाका(बंगलादेश), २५ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाली चेलीहरु उपाधिका लागि आयोजक राष्ट्र बंगलादेशसंग भिड्दै छन् ।

हिजोका खेलमा नेपालले भारत र बंगलादेशले भुटानलाई पराजित गरेपछि नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीन वटै खेलमा पराजय ब्यहोरेको भुटान अंकविहिन हुँदै बाहिरियो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको छ, भारतले तीन खेलमा सात अंक जोडेको थियो ।

हिजै भएको राउण्ड रोविन्सको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपाली महिला टिम फाइनलमा पुगेको हो । मंगलबारको खेलमा नेपालले भारतमाथि ३–१ को सानदार जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

 

Share Now

Leave a comment.